काँग्रेस भीरकोटमा रोचक परिणाम, १ मतले अधिकारी विजयी

पोखरा । नेपाली काँग्रेस भीरकोटको सभापतिमा याम प्रसाद अधिकारी (लक्ष्मण) निर्वाचित भएका छन्। आज सम्पन्न निर्वाचनमा १०० मत ल्याउँदै अधिकारी निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी दिपेन्द्र केसीले ९९ मत प्राप्त गरेका छन्।

दुई सय चार जना मतादाता रहेको भीरकोटमा सबै मत खसेको थियो । भने ५ मत बदर भएको थियो । उनीहरु दुवै जना वडा अध्यक्ष छन् ।

Advertisement

त्यस्तै, उपसभापतिमा बिष्णुमाया काफ्ले ९२ र जगदिश प्रसाद कोईराला १०४ मत ल्याई बिजयी भएका छन्। सचिवमा नन्दलाल खनाल ११२, तारा प्रसाद अर्याल ११८ तथा सहसचिव प्रसुन मगर ११४, शुसिल खाँण ९१ मत प्राप्त गरि निर्वाचित भएक छन् ।

नव निर्वाचित याम प्रसाद अधिकारी (लक्ष्मण) पनि काँग्रेसका प्रभावशाली युवा नेता राजु थापा निकट नै मानिन्छन्। नयाँ पुस्तासँग कुरा गर्दै अधिकारीले भीरकोट नगरमा काँग्रेसको सँगठनलाई अझै शशक्त बनाएर लैजाने प्रतिबद्धता व्यत्त गरे।

More News last news
Loading...