आज (शुक्रबार) झन् घट्यो सुनको भाउ, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । साताको छैटौँ दिन अर्थात आज (शुक्रबार) पनि नेपाली बजारमा सुनको भाउ घटेको छ।

हिजो बिहीबार प्रतितोला ५ सय रुपैयाँले घटेको सुनको भाउ आज पनि प्रतितोला ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन बिहीबार प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज तेजावी सुनको भाउ पनि घटेको छ। आज तेजावी सुन प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार तेजावी सुन प्रतितोला ८९ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज सुनको भाउ घटे पनि चाँदीको भाउ भने बढेको छ। आज चाँदी ५ रुपैयाँले बढेर प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

लामो समयदेखिको कोरोना भाइरस (कोभिड-१९) महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ् हुने गरेको छ।

कोरोनाका कारण भएका लकडाउन पछिल्लो समय खुल्दै गएको र नेपालीहरुका महान पर्वहरु दशै, तीहारको रौनकसँगै सुन चाँदीको व्यापार पनि फट्टाउँदै गएको छ।

More News last news
Loading...