विष्णु माझीको गीत ‘दशैं तिहार आईसक्यो’

काठमाडौं । विष्णु माझीको स्वरमा दशैं तिहार आईसक्यो गीत सार्वजनिक गरिएको छ ।

यो गीत म्युजिक कम्पनी (सपना म्युजिक इन्डष्ट्रिज) मार्फत सार्वजनिक भएको छ । यस गीतमा विष्णु माझीकै श्रीमान सुन्दरमणि अधिकारीको शब्द र संगीत छ ।

Advertisement

यस गीतमा महिमा आचार्यको कोरस गायन छ । गीतको म्युजिक भिडियोलाई पनि अधिकारीले नै निर्माण तथा निर्देशन गरेका छन्।

प्रिया विष्टले अभिनय गरेको भिडियोमा कोरियोग्राफी शिव बिकले गरेका हुन्। गीत मालश्री स्टुडियोमा रेकर्ड गरिएको हो । यो गीतको भिडियोलाई सम्भु चालिसेले खिचेका छन् ।

यस्तै गीतको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका छन्।

More News last news
Loading...