काठमाडौँ । त्रिशूली नदीमा कार खस्दा तीन जना वेपत्ता र एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौँबाट पोखरा जाँदै गरेको ना२च ४९१८ नम्बरको कार शुक्रबार राति अन्दाजी ११:४५ बजे चितवनको इच्छाकामना ५ नागदीखोलबाट त्रिशुली नदीमा खस्दा कारमा सवार चारजना मध्ये तीनजना बेपत्ता र एकजना घाइते भएका हुन्।
बेपत्ता हुनेहरुमा पोखरा महानगरपालिका–१७ का अन्दाजी ५५ वर्षीय प्रेम बहादुर भुजेल, ५५ वर्षीय लेखबहादुर भुजेल र ३६ वर्षीया इश्वरी भुजेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक सूर्य बहादुर थापाले बताए।
दुर्घटनामा कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १७ बस्ने ४९ बर्षीय रुद्रलाल सुवेदी घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।
अहिले वेपत्ताहरुको खोजी कार्य भइरहेको छ । कार अनियन्त्रित भई ३५ मिटर तल त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
