४ प्रदेशमा वर्षा जारी, दिउँसो पनि वर्षाको सम्भावना

काठमडाौँ । आज देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशमा भारतको पश्चिम राजस्थान आसपासमा रहेको तथा झारखण्ड आसपासमा अवस्थित न्युन चापीय क्षेत्रहरुको आंशिक प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा थोरै दक्षिणतिर रहेको छ।

Advertisement

महाशाखाका अनुसार, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश नं १ का थोरै स्थानमा हल्का बर्षा भइरहेको छ।

हाल, देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले नदीनाला, खोला र पहिरो खस्नसक्ने स्थानमा सुरक्षित र सतर्क रहन अपिल गरेको छ ।

साथै मनसुन न्यून चापीय रेखाको प्रभावका कारण देशका अधिकांश स्थानमा केही दिनदेखि वर्षा हुँदै आएको छ ।

More News last news
Loading...