आज (बुधबार) ह्वात्तै बढ्यो सुनको भाउ, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । साताको चौथो दिन अर्थात आज (बुधबार) नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ।

गत मंगलबार प्रतितोला ३ सय रुपैयाँले बढेको सुनको भाउ आज भने प्रतितोला ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन मंगलबार प्रतितोला ८९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज तेजावी सुनको भाउ पनि बढेको छ। आज तेजावी सुन प्रतितोला ८९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार तेजावी सुन प्रतितोला ८८ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज सुनको भाउ बढेसँगै चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला ११ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

लामो समयदेखिको कोरोना भाइरस (कोभिड-१९) महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ् हुने गरेको छ।

कोरोनाका कारण भएका लकडाउन पछिल्लो समय खुल्दै गएको र नेपालीहरुका महान पर्वहरु दशै, तीहारको रौनकसँगै सुन चाँदीको व्यापार पनि फट्टाउँदै गएको छ।

More News last news
Loading...