गुल्मीमा पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको ज्यान गयो

पृथ्वीराजमार्ग अवरूद्ध

गुल्मी । गुल्मीमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ। रेसुंगा नगरपालिका–८ तम्घास थुम्का लाइनका तिलक परियारको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको हो।

पहिरोले घर पुरिँदा तिलककी तीन छोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार र जमुना परियारको रहेको प्रहरीले जनाएको छ।

Advertisement

पहिरो खसेर पृथ्वीराजमार्ग अवरूद्ध

यसैगरी, चितवनस्थित इच्छाकामना गाउँपालिका–४ को नाग्दी खोला नजिकै पहिरो खस्दा पृथ्वीराजमार्ग अवरूद्ध भएको छ।

मंगलबार राति करिब ११ बजेतिर पहिरो खसेको थियो। पहिरो खसेर सडक अवरूद्ध हुँदा सवारी साधन गन्तव्यमा जान पाएका छैनन्।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार पहिरो हटाउने काम भइरहेको छ। वर्षापछि यहाँ पहिरो खसेको हो। राति पहिरो खस्ने क्रम नरोकिएकोले आज बिहानदेखि मात्रै पहिरो हटाउन शुरू गरिएको छ। केही समयमा पहिरो हटाएपछि दुबैतर्फ सडक सुचारू हुने प्रहरीले जनाएको छ।

More News last news
Loading...