लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको २५ औँ वार्षीक साधारण सभा तथा १३ औं महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा विनोद श्रेष्ठ निर्वाचित भएका छन् ।
सोमबार राति अबेर गरि आएको मत परिणाम अनुसार वरिष्ठ उपाध्यक्ष मतमा विनोद श्रेष्ठ विजयी भएका छन । प्रतिष्पर्धी भरत कुमार अधिकारीलाई ५८ मतले पछि पार्दै वरिष्ठ उपाध्यक्ष पदमा विनोद विजयी भएका हुन् ।
उनले कुल ८ सय १ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्दी भरत कुमार अधिकारीले ७ सय ४३ मत प्राप्त गरेका थिए । भावी अध्यक्षको रुपमा समेत हेरिने उक्त पदमा यस अघिका प्रथम उपाध्यक्ष श्रेष्ठ र सल्लाहकार अधिकारी चुनावी मैदानमा उत्रेका थिए।
यस्तै, प्रथम उपाध्यक्ष पदमा राजेन्द्र ओझा विजयी भएका छन् । उनले प्रतिद्धन्दी प्रकाशलाल श्रेष्ठलाई १ सय ५२ मतले पछाडी पारेका छन्। संघको द्धितीय उपाध्यक्ष पदमा गोपिचन्द्र बाँस्तोला विजयी भएका छन । बाँस्तोला यस अघिका महासचिव हुन् ।
निर्वाचनमा ऐतीहासिक मत ल्याउन सफल उपेन्द्रराज सुवेदी (राजु) ले ४ सय ६९ को फराकिलो मतान्तरले आफ्ना प्रतिद्धन्दी मेनुका श्रेष्ठलाई पराजित गर्दै महासचिव पदमा विजयी भएका छन्।
सुवेदीले अहिलेसम्मकै सर्वाधिक १ हजार १९ मत ल्याउन सफल भएका छन् भने श्रेष्ठले जम्मा ५ सय ५० मत मात्र प्राप्त गरिन्। यसैगरी उप–महासचिवमा जानुका अधिकारी, कोषाध्यक्षमा भरतराज ओझा निर्वाचित भए ।
यस्तै, सदस्य खुल्लातर्फ उम्मेद्वारी दिएका २० जना उम्मेद्वारहरुलाई पराजित गर्दै ८ जनाले जित हासिल गरेका छन । विजयी हुनेहरुमा विक्रम कर्माचार्य, बुद्धि प्रसाद बाँस्तोला, ध्रुवबाबु भटृराई, ईन्दिरा रोका, जिवन तिवारी, भरत थापा, पुष्पमणि भण्डारी र हरी वस्ताकोटी रहेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
