काठमाडौँ । पश्चिम नेपालको दार्चुलामा भूकम्पको धक्का महशुस गरिएको छ।
दार्चुलाको खार्रालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार अपराह्न चार बजेर ३० मिनेटमा धक्का महशुस गरिएको हो।
भूकम्पको धक्का बैतडी, डडेल्धुरा, डोटी लगायत आसपासका जिल्लामा पनि महशुस गरिएको स्थानीय प्रशासनले जनाएको छ।
भूकम्पको क्षतीबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ। यसअघि गत भदौ २६ गतेपनि भारतको उत्तराखण्ड प्रदेशको उत्तराकाशी क्षेत्र केन्द्रबिन्दु भएर ५.३ म्याग्नेच्युडको भूकम्प गएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
