काठमाडौँ । साताको दोस्रो दिन अर्थात आज (सोमबार) नेपाली बजारमा सुनको भाउ घटेको छ।
गत आइतबार स्थिर रहेको सुनको भाउ आज भने प्रतितोला २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ८८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन आइतबार प्रतितोला ८९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज तेजावी सुनको भाउ पनि घटेको छ। आज तेजावी सुन प्रतितोला ८८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार तेजावी सुन प्रतितोला ८८ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज सुनको भाउ घटेसँगै चाँदीको भाउ पनि झन् ओरालो लागेको छ। आज चाँदी प्रतितोला ११ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
लामो समयदेखिको कोरोना भाइरस (कोभिड १९) महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ् हुने गरेको छ।
कोरोनाका कारण भएका लकडाउन पछिल्लो समय खुल्दै गएको र नेपालीहरुका महान पर्वहरु दशै, तीहारको रौनकसँगै सुन चाँदीको व्यापार पनि फट्टाउँदै गएको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
