लियोनमाथि पीएसजीको जित

एजेन्सी । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लियोनमाथि जित निकालेको छ। गएराति भएको खेलमा पीएसजीले लियोनलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

पीएसजीलाई जित दिलाउनको लागि नेइमार र माउरो इकार्डीले समान एक-एक गोल गरे। लियोनको लागि लुकास पक्वेटाले गरेको गोल सान्त्वना बन्यो । तीनै खेल दोस्रो हाफमा सम्भव भएकाे थियो।

Advertisement

खेलको ५४ औँ मिनेटमा लुकालसले गोल गर्दै लियोनलाई अग्रता दिलाएका थिए । ६६ औं मिनेटमा पेनाल्टमार्फत नेइमारले गोल गर्दै खेल बराबरीमा ल्याए। पेनाल्टी बक्समा मालो गुट्सोले नेयमारलाई अनावश्यक च्यालेन्ज गरेपछि रेफ्रीले पीएसजीलाई पेनाल्टी दिएको थियो।

इन्ज्युरी समयको तेस्रो मिनेटमा इकार्डीले गोल गर्दै पीएसजीलाई पूनरागमन जित दिलाए। उनले किलियन एम्बाप्पेको पासमा गरेका थिए। यो जितसँगै पीएसजले दोस्रो स्थानमा रहेको मार्सेइल्लेलाई ५ अंकले पछि पारेको छ।

अहिलेसम्म ६ खेलको खेलेको पीएसजीले सबै खेल जित्दै १८ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको मार्सेलीले ५ खेलमा १३ अंक जोडेको छ। पराजित लियोन ८ अंक जोडेर नवौं स्थानमा रहेको छ।

More News last news
Loading...