विवेकशिल साझाका कास्की जिल्ला अध्यक्ष न्यौपाने एकीकृत समाजवादीमा प्रवेश

पोखरा । विवेकशिल साझा पार्टीका कास्कीका निवर्तमान अध्यक्ष एकराज न्यौपाने नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्।

आज ह्वाइट हाउसमा भएको एक कार्यक्रममा न्यौपाने नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका हुन्।

Advertisement

आज पार्टीका अध्यक्ष माधव कुमार नेपालले पार्टी सम्पर्क कार्यालय कास्कीको उद्घाटन गरेलगतै ह्वाइट हाउसमा कार्यकर्ता भेला कार्यक्रम आयोजना गरिएको थियो।

हामी सभ्य पार्टी बनाउँछौ : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) पार्टी कुनै षडयन्त्र गर्ने पार्टी नभएको र सभ्य पार्टी भएको पार्टी अध्यक्ष माधव कुमार नेपालले बताएका छन्। उक्त कार्यकर्ता भेलालाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन्।

अरुको कुरा काट्ने र होच्च्याउने फुर्सद नभएको उनले बताएका छन् । उनले भने, ‘हामीलाई कसैको निन्दा गर्नु छैन । हामीलाई कसैको अपमान गर्नु छैन । हामी कसैलाई गफ हानेर बस्ने फुर्सद पनि छैन । हामीलाई कम्युनिष्ट आन्दोदनका गुरुहरुले सभ्य बन भनेर सिकाएका छन्।’

नयाँ संस्कार बोकेर अगाडी बढ्न उनले कार्यकर्तालाई आग्रह समेत गरेका छन् । अहिले जनताको पार्टी बनाउन चाहेको उनको धारणा थियो।

More News last news
Loading...