काठमाडौँ । साताको छैटौँ दिन अर्थात आज (शुक्रबार) नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ।
बिहीबार (हिजो) तोलामा ७ सय रुपैयाँले घटेको सुनको भाउ आज पनि तोलामा एकै दिन १४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ८९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन हिजो पनि प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज तेजावी सुनको भाउ पनि घटेको छ । आज तेजावी सुन प्रतितोला ८८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९० हजार हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज सुनको भाउ घटेसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ । आज चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी १२ सय रुपैयाँमा कारोबार भएको थियो ।
लामो समयदेखिको कोरोना भाइरस (कोभिड १९) महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ् हुने गरेको छ।
कोरोनाका कारण भएका लकडाउन पछिल्लो समय खुल्दै गएको र नेपालीहरुका महान पर्वहरु दश, तीहारको रौनक सँगै सुन चाँदीको व्यापार पनि फट्टाउँदै गएको छ।


![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
