आज गण्डकी प्रदेशका कुन जिल्लामा कति संक्रमित थपिए ?

पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका ११ जिल्लामा १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये सबैभन्दा धेरै कास्कीमा संक्रमित थपिएका हुन् ।

आज कास्कीमा सबैभन्दा धेरै ५३ जना पुरुष तथा ४७ जना महिला गरी १०० जनासहित प्रदेशमा १७१ जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । पछिल्लो २४ घण्टामा ९२९ जनाको नमुना परीक्षण गरिएको थियो।

Advertisement

यसैगरी, गोरखामा ६ जना, लमजुङमा ३ जना, तनहुँमा ९ जना, बाग्लुङमा २ जना, स्याङ्जामा २४ जना र नवलपुरमा २७ जना गरी प्रदेशमा ७ जिल्लामा ८५ पुरुष तथा ८६ जना महिलामा कोरोना पुष्टि भएको हो।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८३ हजार ६७२ पुगेको छ। पछिल्लो २४ घण्टामा १५७ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ८० हजार ५९८ पुगेको छ। हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ३३२ पुगेको छ।

देशभर १ हजार ४८६ जना थपिए

यसैगरी, कोरोना संक्रमणबाट आज एकै दिन एक हजार ४८६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ५३९ जनामा परीक्षण गर्दा एक हजार ४८६ जनामा संक्रमण देखिएको हो।

नेपालमा संक्रमणको दर १९.३ प्रतिशत पुगेको छ। सक्रिय संक्रमित २६ हजार ६३० जना रहेका छन्। ५०० भन्दा बढी संक्रमित भएका जिल्ला १२ रहेका छन्।

यस्तै, संक्रमणबाट निको भई आज एक हजार २६० जना घर फर्किएका छन् । अहिलेसम्म सात लाख ४० हजार ७१७ जना निको भइ घर फर्किएका हुन्।

More News last news
Loading...