काठमाडौँ । साताको चौँथो दिन अर्थात बुधबार सुनको भाउ ह्वात्तै घटेको छ । हिजो मंगलबार स्थिर रहेको सुनको भाउ आज एकै दिन प्रतितोला ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन हिजो प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज तेजावी सुनको भाउ पनि घटेको छ । आज तेजावी सुन प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज सुनको भाउ सँगै चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी हिजो १ हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।
लामो समयदेखिको कोरोना भाइरस (कोभिड-१९) महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ् हुने गरेको छ। सुनको भाउमा केही घटबढ भएपनि बजारमा भने किनबेच हुन छाडेको महासंघले जनाएको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
