७ सिट क्षमताको सबैभन्दा सस्तो मूल्यको कार नेपाली बजारमा, यस्तो छ मूल्य

काठमाडौं । नेपाली बजारमा उपलब्ध ७ सिट क्षमताको रेनो ट्राइबर कारको अटोमेटीक भेरियन्ट नेपाली बजारमा उपलब्ध भएको छ। यसअघि यस कारको म्यानुयल भेरियन्ट मात्र उपलब्ध रहेको थियो।

एड्भान्स अटोमोवाइलले विक्री गर्दै आएको रेनो ट्राइबर ७ सिट क्षमताको सबैभन्दा कम मूल्यको कार हो । नेपाली बजारमा ट्राइभरको ५ भेरियन्ट उपलब्ध रहेको छ । ट्राइबर आरएक्सएल भेरियन्टको मूल्य ३० लाख ९९ हजार, आरएक्सटी भेरियन्टको ३२ लाख ६९ हजार र आरएक्सजेड भेरियन्टको मूल्य ३४ लाख ६९ हजार रुपैयाँ निर्धारण गरेर विक्री वितरण गर्दै आएको छ।

Advertisement

त्यसैगरी कम्पनीले नयाँ ड्यूलटोन र अटोमेटीक भेरियन्ट पनि नेपाल ल्याएको छ । कम्पनीले ल्याएको आरएक्सजेड ड्यूलटोन भेरियन्टको मूल्य ३४ लाख ९९ हजार र आरएक्सजेड अटोमेटीक भेरियन्टको मूल्य ३६ लाख ४९ हजार तोकेको छ ।

आरएक्सजेड अटोमेटीक भेरियन्टको मूल्य भने ३६ लाख ४९ हजार तोकेको छ । यसलाई ५ सिट र ७ सिट गरेर दुई अप्सनमा प्रयोग गर्न सकिन्छ ।

यसैबीच कम्पनीले चाडपर्व अफर पन चाँडै ल्याउने तयारी गरेको जनाएको छ । यस अफरमा कम्तीमा १ लाखसम्म नगद छुट हुनसक्ने अनुमान गरिएको छ ।

More News last news
Loading...