काठमाडौँ । साताको तेस्रो दिन अर्थात मंगलबार (आज) नेपाली बजारमा सुनको भाउ स्थिर छ। हिजो सोमबार प्रतितोला १ सय रुपैयाँले घटेको सुनको भाउ आज भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन हिजो पनि यही मूल्यमा कारोबार भएको थियो।
त्यस्तै, आज तेजावी सुनको भाउ पनि स्थिर छ । आज तेजावी सुन प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो पनि तेजावी सुन यही मूल्यमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको भाउ पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी हिजो पनि यही मूल्यमा कारोबार भएको थियो।
लामो समयदेखिको कोरोना भाइरस (कोभिड-१९) महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ् हुने गरेको छ। सुनको भाउमा केही घटबढ भएपनि बजारमा भने किनबेच हुन छाडेको महासंघले जनाएको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
