काठमाडौँ । माछापुच्छ्रे बैंकले देशका विभिन्न स्थानमा थप ७ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।
बैंकले गोरखा जिल्लाको पालुङ्गटार नगरपालीका ६, काठमाडौँको कीर्तिपुर नगरपालिका मैत्रिनगर, नुवाकोटको लिखु गाउँपालिका २ थानसिंह, चितवनको रत्ननगर नगरपालिका ५ जुवाली र वडा नम्बर १६ खैरेटी, कपिलवस्तुको शिवराज नगरपालिका ३, खरेन्द्रपुर, सिराहा जिल्लाको सुखिपुर नगरपालीका २ छजनाचोक मा गरि जम्मा ७ स्थानमा शाखा रहित बैकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।
बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बेंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले बैंकले शाखारहित बैंकिङ सेवामार्फत् सेवा प्रदान गर्दै आइरहेको छ।
देशका विभिन्न स्थानमा ७ शाखारहित बैंकिङ्ग सेवा थप भएसंगै माछापुच्छ्रे बैंक लिमिटेडको शाखारहित बेंकिङ्ग सेवा १७२ पुगेको छ।
ग्राहक सेवा केन्द्रका रुपमा सञ्चालित उक्त शाखा रहित सेवा केन्द्रहरूबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स भूक्तानीका साथै कर्जा आवेदन समेत दिन सकिनेछ।
बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १६२ वटा शाखालगायत १७२ शाखारहित बैकिङ सेवा र ५ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३३९ स्थानबाट सेवा प्रदान गरिरहेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
