काठमाडौँ । साताको पहिलो दिन अर्थात आइतबार (आज) सुनको भाउ ह्वात्तै बढेको छ । गत शुक्रबार १ सय रुपैयाँले घटेको सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन शुक्रबार ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज तेजावी सुनको भाउ पनि बढेको छ । आज तेजावी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार तेजावी सुन ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज सुनको भाउसँगै चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी १ हजार १९५ रुपैयाँमा कारोबार भएको थियो।
लामो समयदेखिको कोरोना भाइरस (कोभिड–१९) महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ् हुने गरेको छ। सुनको भाउमा केही घटबढ भएपनि बजारमा भने किनबेच हुन छाडेको महासंघले जनाएको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
