गण्डकीका कुन जिल्लामा आज कति संक्रमित थपिए ? ४५६ जना निको

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार २८ जनाको नमुना परीक्षणमा थप १८८ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थय निर्देशनालय पोखराले जनाएको छ।

कास्कीमा ६७ जना पुरुष तथा ६३ गरी १३० जनामा कोरोना भाइरस पुष्टि भएको छ। यो संख्या गण्डकी प्रदेशकै सबैभन्दा धेरै हो।

Advertisement

कास्कीका १३० सहित म्याग्दीका ५ जना, गोरखाका १ जना, लमजुङका १३ जना, तनहुँका ७ जना, बाग्लुङका १ जना, स्याङ्जाका १३ जना र नवलपुरका १८ जना गरी प्रदेशका ८ जिल्लामा गरी ९५ पुरुष तथा ९३ जना महिलामा कोरोना पुष्टि भएको हो।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८२ हजार ३३७ पुगेको छ। पछिल्लो २४ घण्टामा ४५६ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ७८ हजार ३७९ पुगेको छ।

गण्डकीमा हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ३०६ पुगेको छ।

देशभर १ हजार २६८ जनामा कोरोना संक्रमण

यस्तै, आज देशभर पछिल्लो २४ घण्टामा १ हजार २६८ जनामा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ७५३ जनाको पीसीआर परीक्षणमा १ हजार २४ र ४ हजार ३१२२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २४४ जनामा कोरोना पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको ज्यान गएको छ । सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार १९५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ।

More News last news
Loading...