२४ घण्टामा २ हजार १९५ जना संक्रमित निको, ९ जनाको ज्यान गयो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ७५३ जनाको पीसीआर परीक्षणमा १ हजार २४ र ४ हजार ३१२२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २४४ जनामा कोरोना पुष्टि भएको छ।

Advertisement

पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार १९५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ। निको हुने दर ९४.५ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ।

यसअघि, नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

९ हजार ७७३ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ३५७ र ४ हजार ५६१ एन्टिजेन परीक्षण गर्दा ३९९ जनामा कोरोना संक्रमण देखिएको थियो । शुक्रबार कोरोना संक्रमणबाट थप २३ जनाको ज्यान गएको थियो ।

More News last news
Loading...