काठमाडौँ । आज पनि मनसुनी वायु सक्रिय रहेकाले देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना छ । आज दिउँसो सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।
राति भने वाग्मती प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । मनसुनी वायु सक्रिय नै रहेकाले मौसम पूर्ण रुपमा खुल्न समय लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा अहिले पानी परेको छैन।
केही दिन अघिदेखि परेको लगातारको झरी अहिले भने रोकिएको छ । तर, लगातार झरी नपरे पनि पानी पर्ने सम्भावना भने रहेको विभागले जनाएको छ।
मौसमविद्का अनुसार देशका धेरै ठाउँमा आज पनि हल्कादेखि मध्यमखालको वर्षा हुनेछ । पानी पर्न केही कम भए पनि बाढी पहिरोको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ।
यस्तो छ तीन दिने मौषम पूर्वानुमान
२०७८ भाद्र १५ गते ( मंगलबार)
दिउँसो: देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
राती: देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
२०७८ भाद्र १६ गते ( बुधबार)
दिउँसो: देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती: देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ का एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
२०७८ भाद्र १७ गते ( बिहिबार)
दिउँसो: देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती: देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
