पोखरा । पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमित बढेका छन् । देशभर आइतबारको तुलनामा संक्रमित बढेर आज मात्रै २ हजार २ सय ९५ जना नयाँ संक्रमित थपिएका छन् । देशभर कोरोना संक्रमित थपिएपनि पर्यटकीय नगरी पोखरासहित गण्डकी प्रदेशमा भने संक्रमितको संख्या घटेको छ। आइतबार ९६२ जनाको नमुना परीक्षण गरिएकोमा २३० जनामा कोरोना पोजेटिभ देखिएको थियो ।
आज २४ घण्टामा ९४८ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप १७० जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ ।
कास्कीमा सबैभन्दा धेरै ७३ सहित म्याग्दीमा ७ जना, गोरखामा ३० जना, तनहुँमा ६ जना, स्याङ्जामा १५ जना र नवलपुरमा ३९ जना गरी प्रदेशका ६ जिल्लामा ८९ पुरुष र ८१ जना महिलामा कोरोना पुष्टि भएको हो।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८१ हजार २७८ पुगेको छ। पछिल्लो २४ घण्टामा ३०३ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ७६ हजार ७०३ पुगेको छ।
गण्डकीमा थप ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार २९३ पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
