काठमाडौँ । साताको पहिलो दिन अर्थातआइबार (आज्र) नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । शुक्रबार तोलामा ५ सय रुपैयाँले बढेको सुन आज भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन शुक्रबार पनि सोही मूल्य ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज तेजावी सुनको भाउ पनि स्थिर छ । आज तेजावी सुन प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, आज सुनको भाउ स्थिर रहेपनि चाँदीको भाउ भने उकालो लागेको छ । आज चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी शुक्रबार १ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
लामो समयदेखिको कोरोना भाइरस (कोभिड–१९) महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ् हुने गरेको छ। सुनको भाउमा केही घटबढ भएपनि बजारमा भने किनबेच हुन छाडेको महासंघले जनाएको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
