पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ९५८ जनाको नमुना परीक्षण गरिएकोमा थप ३०४ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
कास्कीमा सबैभन्दा धेरै १८८ सहित म्याग्दीका ६ जना, लमजुङका १२ जना, तनहुँका २९ जना, स्याङ्जाका १६ जना र नवलपुरका ५३ जना गरी प्रदेशका ६ जिल्लामा गरी १६८ पुरुष तथा १३६ जना महिलामा कोरोना पुष्टि भएको हो।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८० हजार ८७८ पुगेको छ। पछिल्लो २४ घण्टामा ४५६ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ७५ हजार ८९६ पुगेको छ।
गण्डकीमा थप १० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार २८४ पुगेको छ।
यस्तै, पछिल्लो २४ घण्टामा एक हजार आठ सय ५७ जना नयाँ संक्रमित थपिएका छन् । पीसीआर र एण्टिजेन गरी १३ हजार एक सय ७६ जनाको परिक्षण गर्दा एक हजार आठ सय ५७ जनामा संक्रमण पुष्टि भएको हो। आज देशभर थप दुई हजार दुई सय २२ जना निको भएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
