सुर्य तारा क्लब पोखराले ‘खुल्ला नृत्य प्रतियोगिता’ आयोजना गर्ने

पोखरा । सुर्य तारा क्लब पोखरा, गण्डकीले खुल्ला नृत्य प्रतियोगिता अर्थात (गण्डकी तारा) २०७८ आयोजना गर्ने भएको छ ।

क्लवले युवाहरुमा लुकेर रहेको प्रतिभा प्रस्फुटन गराई कला र संस्कृतिको विकास र संरक्षक गर्नुका साथै नेपाली सांस्कृतिक बजारमा युवाको क्षमता प्रदर्शन गर्दै कलाको माध्यमबाट युवालाई काम र दामका लागि योग्य बन्नाउने उदेश्यले कार्यक्रम गर्न लागेको हो ।

Advertisement

कार्यक्रममा गण्डकी प्रदेशका ११ जिल्लाबाट सहभागी गराउने उद्देश्य रहेको छ । कार्यक्रमालाई सु–प्रसिद्ध नृत्यकारहरुलाई निर्णायक राखिएको भएपनि निर्णायकहरु को–को राख्ने भन्ने कुरा र नृत्यको पुरस्कार र नीति नियम भने छिट्टै पत्रकार सम्मेलन मार्फत जानकारी गराउने क्लबका आजिवन सदस्य तथा आयोजक उप–समिति सदस्य राजन सुवेदीले बताए ।

कार्यक्रम कार्तिक अन्तिम साताबाट मंसिर २१ सम्म सञ्चालन हुनेछ । सुवेदीका अनुसार कार्यक्रम भब्य गराउनका लागि क्लबका अध्यक्ष बिष्णु पुनको अध्यक्षतामा एक उपसमिति गठन गरिएको छ। उक्त उप–समितिले पुरस्कार नीतिनियम निर्णायक स्थान सबै छिट्टै जानकारी गराउने छ।

२०७५ सालमा दर्ता भएको यस क्लबले स्थापनाको छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाएको छ । क्लबले यसअघि पनि फुटबल, भलिबल लगायत विभिन्न खेलकुद प्रतियोगिता, विभिन्न अन्तरक्रिया कार्यक्रम र सामाजिक कार्यहरु गर्दै आएको छ।

More News last news
Loading...