सप्तकोशीमा पानीको बहाव उच्च, रातो बत्ती बालियो, ३१ ढोका खुला

सुनसरी । पूर्वी पहाडी क्षेत्रमा लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ। पानीको बहाव उच्च भएसँगै सप्तकोशी आसपासका स्थानीयलाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ।

शुक्रबार दिउँसो सप्तकोशीमा पानीको बहाव प्रतिसेकेण्ड २ लाख २९ हजार ५ सय १५ क्युसेक मापन गरिएको सशस्त्र प्रहरी बल ४ गण सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक माधवप्रसाद पौडेलले जानकारी दिएका छन् ।

Advertisement

पानीको बहाव बढेसँगै कोसी ब्यारेजका ५६ मध्य ३१ वटा ढोका खोलिएको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले पानीको बहाव उच्च भएकाले कोसी आसापासका वासिन्दालाई सर्तक र सुरक्षित रहने निर्देशन गरिसकेको जानकारी दिए। पानीको बहाव उच्च भएपश्चात भारतले कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालेको छ।

सप्तकोशी आसापासका क्षेत्रमा हुने सम्भावित घटनालाई मध्यनजर गर्दै गोताखोर सहितको सशस्त्र प्रहरीको टोली विभिन्न स्थानमा उद्धारका लागि परिचालन गरिसकिएको छ।

सप्तकोशी नदीमा पानीको बहाव प्रति सेकेण्ड एकलाख ५० हजार क्युसेक पुगेपछि खतरा मानिन्छ। भारत सरकारको नियन्त्रणमा रहेको कोशी ब्यारेजका सबै ढोका नखोलेका कारण सुनसरीको श्रीलंका टापुमा कोसीले तीव्र रूपमा कटान गरेको स्थानियवासीले बताएका छन्।

More News last news
Loading...