काठमाडौँ । धनकुटामा अनौठो घटना भएको छ । सरकारी सुविधाको दुरुपयोग गर्दै वडाध्यक्षको कार्यकक्षमै अनैतिक गतिविधि गरेका ३ जनालाई गाउँलेले थुनेका छन् ।
धनकुटाका छथर जोरपाटी गाउँपालिका–४ का वडाध्यक्ष टेकबहादुर घिसिङको कार्यकक्षमा स्थानियले ३ जनालाई थुनेका हुन् ।
उनीहरु वडाध्यक्षको कार्यकक्षमा मापसे गरिरहेका थिए । स्थानियले नेकपा एमाले धनकुटा जिल्ला सदस्य भोजबहादुर विश्वकर्मासहित तीन जनालाई थुनेका हुन् ।
बिहिवार बेलुका उनीहरुले वडाध्यक्षको कार्यकक्षमै हो ह ल्ला गरेका थिए । बाहिर ठूलो आवाज आएपछि स्थानिय कुरा बुझ्न त्यता जाँदा अस्वभाविक गतिविधि देखेपछि रिसाए । कार्यालय समय पछि पनि उनीहरु वडाध्यक्षकै कार्यकक्षमा बसेका थिए ।
एमाले धनकुटाका जिल्ला कमिटी सदस्य हरि ओझा भने स्थानियको आँखा छलेर बाहिरीएका थिए। विश्वकर्मासहित अन्य दुई जनालाई भने स्थानीयले थुन्न सफल भए । दुई जना स्थानीय एक विद्यालयको शिक्षक रहेको स्थानियको भनाई छ ।
वडाध्यक्ष घिसिङले घटनाबारे आफूलाई केही जानकारी नभएको बताए । स्थानीयले थुनेको तीन घण्टा पछि राति नै प्रहरीले उनीहरूलाई छोडेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
