आज बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौँ । साताको छैटौँ दिन अर्थात शुक्रबार (आज्र) नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ। बिहीबार प्रतितोला २ सय रुपैयाँले घटेको सुन तोलामा ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन हिजो प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

त्यस्तै, आज तेजावी सुन प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुन हिजो प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको भाउ भने ओरालो लागेको छ । आज चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी हिजो १ हजार २१० रुपैयाँमा कारोबार भएको थियो।

लामो समयदेखिको कोरोना भाइरस (कोभिड–१९) महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ् हुने गरेको छ। सुनको भाउमा केही घटबढ भएपनि बजारमा भने किनबेच हुन छाडेको महासंघले जनाएको छ।

More News last news
Loading...