स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरिक्षक राजेन्द्र अधिकारी सम्मानित भएका छन्। अधिकारीलाई २०७७ सालको ‘उत्कृष्ट प्रहरी’ पुरस्कारबाट सम्मानित गरिएको हो।
स्थानीय निकाय, बिभिन्न सरोकारवालाहरुसंग आवश्यक समन्वय गरी समाजमा शान्ति सुरक्षा कायम राखी आम नागरिक माझ प्रहरी संगठनको छबि उच्च बनाउन भुमिका खेलेकोले बर्ष २०७७ को ‘उत्कृष्ट प्रहरी’ सम्मानबाट अधिकारीलाई पुरस्कृत गरिएको हो।
अधिकारीलाई जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक होविन्द्र बोगटीले प्रमाणपत्रसहित सम्मान गरेका हुन्।
प्रहरी कर्मचारीको मनोबल उच्च राख्न प्रहरी प्रधान कार्यालयको नीति अनुसार जिल्ला प्रहरी कार्यालय स्याङ्जाले ‘उत्कृष्ट प्रहरी’ पुरस्कारलाई निरन्तरता दिदै आएको छ।
जसअन्तर्गत प्रहरी कर्मचारीलाई डिउटीमा खटिएको कामको आधारमा प्रहरी जवान देखि प्रहरी अधिकृत सम्म पुरस्कृत गरिदै आएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
