पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्र्रदेशमा १ हजार ३५५ जनामा गरिएको नमुना परीक्षणमा ३७४ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
आजपनि सबैभन्दा धेरै कास्कीमा ११० सहित म्याग्दीका १० जना, पर्वतका २८ जना, गोरखाका २७ जना, लमजुङका २० जना, तनहुँका ३४ जना, बाग्लुङका ७० जना, स्याङ्जाका ३४ जना र नवलपुरका ४१ जना गरी प्रदेशका ९ जिल्लामा १९१ पुरुष तथा १८३ जना महिलामा कोरोना पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ७९ हजार ४००पुगेको छ। पछिल्लो २४ घण्टामा ६५४ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ७३ हजार ८५९ पुगेको छ ।
गण्डकीमा थप ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार २४७ पुगेको छ।
यता, आज देशभर पनि कोरोना पोजेटिभको संख्या बढेको छ । आज देशभर २ हजार ५२५ संक्रमित थपिएका छन् । आइतबार र सोमबार दुई हजार भन्दा तलको संख्यामा संक्रमित थपिएका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
