९ महिनाकी गर्भवती महिलाको पेटबाट निस्कियो अर्कै चिज, डाक्टर नै चकित

काठमाडौं । विश्वमा हरेक दिन नयाँ र अनौठा घटनाहरु घटिरहेका हुन्छन् । कहिलेकाही मानव शरीरसँग सम्बन्धित यस्ता घटनाहरु बाहिर आउँछन्, जसलाई देखेर चिकित्सा विज्ञान र डाक्टरहरु पनि छक्क पर्छन् ।

त्यस्तै एउटा घटना बेलायतबाट बाहिर आएको छ । त्यहाँ एक महिलालाई देख्दा लाग्छ कि उनी नौ महिनाकी गर्भवती हुन् । तर जब डाक्टरहरुले उनको अपरेशन गरे, एक धेरै चकित पार्ने कुरा बाहिर आयो । शल्यक्रिया यापछि ती महिलाको पेटबाट एउटा शिशु होईन अरू केही बाहिर आयो । यो रोचक घटना स्टै फर्ड शायरमा देखिएको हो ।

Advertisement

‘द मेट्रोमा प्रकाशित एक रिपोर्ट अनुसार १९ वर्षीया ति महिलाको नाम अबी चाडविक हो । अचानक उनको पेटमा दुखाइ शुरू भयो, कहिले काहिँ दु’खाइ कम हुन्थ्यो त कहिले कहिले काहिँ बढ्ने पनि गरेको थियो । उनको पेट यति धेरै बढ्यो कि केहि महिनामा तौल पनि अचानक बढ्यो । मानिसहरु उनलाई गर्भवती सोचिरहेका थिए । मानिसहरु उनलाई नौ महिनाको गर्भवती भएको भन्दै पत्याउदै आएका थिए।

तर ति युवतीले परीक्षण गराउने बिचार गरिन् । परीक्षणका लागि उनी डाक्टरकहाँ गइन् । परीक्षणपछि डाक्टरहरुले पेटमा ढुङ्गा वा पत्थरी रहेको कुरा पत्ता लगाए । त्यसपछि पुनः जाँच गर्दा जे देखियो त्यसले सबैको होस् उडाएको छ ।

उनको पेटमा एक ठूलो ढुङ्गा बनेको थियो । डाक्टरहरूले पत्ता लगाए कि ती महिलाको पेटमा १३ इन्चको डल्ला थियो । यो ढुङ्गा हटाउन, डाक्टरहरुले उनलाई एक शल्यक्रिया गर्न सुझाव दिए । अन्ततः उनी शल्यक्रिया गर्ने कुरामा सहमत भइन् ।

पश्चिमी मिडल्याण्डको एक अस्पतालमा भर्ना भइन् । दुई हप्ताको उपचारपछि, सो ढुङ्गा हटाइयो । त्यस क्रममा महिलाले धेरै पीडा पनि भोग्नुपर्यो । केहि दिन डाक्टरहरुको हेरचाहपछि ती महिला अहिले निको भैसकेकी छिन् ।

अब उनी घरमा बसेर स्वास्थ्य लाभ गरिरहेकी छिन् । ती महिलाले आफ्नो सामाजिक सञ्जालमा यो सम्पूर्ण घटनाको बारेमा उल्लेख गरेकी हुन् । उनले भनेकी छिन्, ‘म शायद यो (ढुङ्गा) सँगै जन्मेकी थिएँ, जुन समयसँगै बढ्यो र मलाई यो थाहा भएन् ।

यदि मैले यो देखेको हुन्थिन्न भने यो फुट्न सक्थ्यो वा जे पनि हुन सक्थ्यो । किनकि मेरो पेट ढुङ्गा जस्तै कडा भएको थियो । जब म किनमेलको लागि बाहिर जान्थे मानिसहरु मलाई नौ महिनाको गर्भवती भन्थे ।’ उनले चाहेर पनि तौल घटाउन सकिरहेकी थिइनन्।

एउटा फुटबल आकारको ढुङ्गा फालेपछि अब उनी ढुक्क भएकी छिन् । शल्यक्रि‘या पछि आफु पूर्ण रुपमा स्वस्थ भएको पनि उनले पोस्टमार्फत जानकारी दिएकी छिन् । उनको तौल अझै पनि कम भएको छैन। तर अब उनी यसलाई घटाउन कडा मेहनत गर्दैछिन् ।

More News last news
Loading...