गण्डकी प्रदेशका आज ६५४ जना निको, कुन जिल्लामा कति संक्रमित थपिए ?

पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा १ हजार ३९ जनाको नमुना परीक्षण गरिएकोमा थप २६९ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

आज पनि कास्की जिल्लामा सबैभन्दा धेरै १६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कास्कीमा ७४ जना पुरुष तथा ९० जना महिला गरी १६४ जनामा कोरोना भाइरस पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।

Advertisement

कास्कीका १६४ सहित म्याग्दीका ४ जना, पर्वतका १ जना, गोरखाका १७ जना, लमजुङका १७ जना, तनहुँका ४ जना, बाग्लुङका ९ जना, स्याङ्जाका २८ जना र नवलपुरका २५ जना गरी प्रदेशका ९ जिल्लामा १२७ पुरुष तथा १४२ जना महिलामा कोरोना पुष्टि भएको हो।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ७९ हजार २६ पुगेको छ। पछिल्लो २४ घण्टामा ६५४ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ७३ हजार २०५ पुगेको छ ।

गण्डकीमा थप ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार २४३ पुगेको छ।

More News last news
Loading...