काठमाडौँ । साताको पहिलो दिन अर्थात आइतबार (आज) नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ ।
शुक्रबार ४ सय रुपैयाँले बढेको सुनको भाउ आज भने ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन शुक्रबार प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज तेजावी सुन प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुन शुक्रबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी शुक्रबार प्रतितोला ११ सय ९५ रुपैयाँ कारोबार भएको थियो।
लामो समयदेखिको कोरोना भाइरस (कोभिड १९) महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ् हुने गरेको छ। सुनको भाउमा केही घटबढ भएपनि बजारमा भने किनबेच हुन छाडेको महासंघले जनाएको छ ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
