काठमाडौँ । जितपुर सिमरा उपमहानगरपालिका–१६ टागियामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।
शनिबार राति १० बजे दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा तीन जनाको ज्यान गएको प्रहरीले जनाएको हो ।
दुर्घटनामा दुवै मोटरसाइकलका चालक नुवाकोटका ४० वर्षीय टुलुराज तामाङ र बाराको निजगढ नगरपालिका–९ का १६ वर्षीय विकास साहको ज्यान गएको हो ।
यस्तै मोटरसाइकलको पछाडि सवार ३५ वर्षीया सुनैना देवी साहको पनि मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।
पछिल्ला समय कोभिड १९ का कारण सरकाले सवारी साधनलाई अनावश्यक हिँडडुलमा कडाइ गरेपछि सवारी दुर्घटना भने बढ्न थालेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
