पोखरा । पछिल्लो २४ घण्टामा पोखराका अस्पतालहरुमा ९ जना र भैरहवाको अस्पतालमा १ जना गरी गण्डकी प्रदेशका थप १० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
मृत्यु हुनेहरुमा कास्की जिल्लाका २ जना, लमजुङ जिल्लाका १ जना, स्याङ्जा जिल्लाका २ जना, तनहुँ जिल्लाका २ जना, पर्वत जिल्लाका १ जना, बाग्लुङ जिल्लाका १ जना र नवलपुर जिल्लाका १ जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बुधबार पुष्टि गरेको छ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार २१६ पुगेको निर्देशनालयले जनाएको छ।
देशभर ४२ को ज्यान गयो
नेपालमा पछिल्लो २४ घण्टामा देशभर ४२ जनाको ज्यान गएको छ । आज देशभर ३ हजार ४०३ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ८ सय ३८ परीक्षण गर्दा ३ हजार ४०३ जना संक्रमित थपिएका हुन्।
११ हजार ८ सय ३९ जनाको पीसीआर परीक्षण गर्दा २६१३ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको छ भने ४ हजार ९ सय ९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७९० जनामा संक्रमण पुष्टि भएको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
