वाणिज्य बैँकसहित यी १८ वटा बैंकहरूले बढाए ब्याजदर, कुन बैंकको कति ?

काठमाडौं । भदौ १ गतेदेखि लागू हुनेगरी बैंकहरुले नयाँ कार्यसूची सार्वजनिक गरेका छन् ।

राष्ट्रिय वाणिज्य, स्टान्डर्ड चार्टड, हिमालयन, सानिमा, नेपाल, नबिल प्राइम, प्रभु, एनएमबि, सनराइज, नेपाल बंगलादेश, माछापुच्छ्रे, लक्ष्मी, कुमारी, एभरेष्ट, सिटिजन्स, सेन्चुरी, कृषि विकास, बैंक अफ काठमाण्डु लगायतले नयाँ ब्याजदरको सूची सार्वजनिक गरेका हुन् ।

Advertisement

वचत र मुद्दतीमा बैंकहरुले ०.२५ देखि १.२५ प्रतिशतसम्म ब्याजदर बढाएका छन्। व्यक्तिगत मुद्दती निक्षेपमा वाणिज्य बैंकले ८.७५ प्रतिशतसम्म ब्याजदर दिन थालेका छन्।

२ वर्ष बढी अवधिको मुद्दतीमा सिभिलले दिने ब्याजदर सबैभन्दा धेरै ८.७५ प्रतिशत छ। अरु धेरैजसो बैंकको ब्याजदर ६ देखि ८ प्रतिशतको बीचमा छ। यसअघि व्यक्तिगत मुद्दतीमा सबैभन्दा कम साढे ४ प्रतिशत ब्याजदर दिएको एसबिआईले ७.५५ प्रतिशतसम्म तोकेको छ।

मौद्रिक नीतिले सिसिडी रेसियो खारेज गरे पनि सिडी रेसियोलाई नियमन गर्नेगरी सीमा तोकिदिएको छ। निक्षेपमा बैंकहरुले दिने कर्जाको हिस्सालाई सिडी रेसियोले जनाउँछ। यस्तो रेसियो ९० प्रतिशत तोकिएको छ। यसको अर्थ बैंकले १ सय रुपैयाँ निक्षेप जम्मा गर्दा ९० रुपैयाँ मात्रै कर्जा प्रवाह गर्न पाउँछन्।

ब्याजदर बढ्नेमा राष्ट्र बैंक स्पष्ट भएकै कारण ब्याजदर करिडोरको माथिल्लो सीमा ५ प्रतिशतलाई यथावत राखेर तल्लो सीमा १ प्रतिशतलाई बढाएर २ प्रतिशत कायम गरिएको छ। यसको अर्थ राष्ट्र बैंकले २ प्रतिशतभन्दा तल झर्न दिने छैन।

त्यस्तै नीतिगत रुपमा रहेको रिपोदर पनि बढाइएको छ। यस्तो दर ३ प्रतिशत कायम रहेकोमा बढाएर ३‍.५ प्रतिशत कायम गरिने मौद्रिक नीतिमा उल्लेख छ। अन्तरबैंक ब्याजदर पनि बढिसकेको छ। एक साताअघि साढे २ प्रतिशतमा रहेको अन्तरबैंक दर अहिले ४.६ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ।

More News last news
Loading...