पोखरा । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप २३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कास्कीमा ११४ जना पुरुष तथा ११७ जना महिला गरी २३१ जनामा कोरोना भाइरस पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।
पछिल्लो २४ घण्टामा १ हजार ३३९ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ६५६ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ।
कास्कीका २३१ सहित म्याग्दीका १४ जना, पर्वतका ७ जना, गोरखाका १६१ जना, लमजुङका १४ जना, तनहुँका ६ जना, बाग्लुङका ९० जना, स्याङ्जाका ५१ जना र नवलपुरका ८२ जना गरी प्रदेशका ९ जिल्लामा २९२ पुरुष तथा ३६४ जना महिलामा कोरोना पुष्टि भएको हो।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ७६ हजार ३४२ पुगेको छ। पछिल्लो २४ घण्टामा ६१६ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ६८ हजार ९७२ पुगेको छ।
थप १० जनाको ज्यान गयो
गण्डकीमा कोरोना संक्रमण भइ उपचाररत थप १० जनाको मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार २०२ पुगेको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनायका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट मृत्यु हुनेमा अधिकांश कास्कीका छन्।
जसअनुसार कोरोनाबाट मृत्यु हुनेमा कास्कीका ६, स्याङ्जाका २, तनहुँ र नवलपुरका १/१ जना छन्। मृत्यु हुनेमा ४० देखि ८१ वर्ष उमेर समूहका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
