काठमाडौँ । साताको दोस्रो दिन अर्थात सोमबार (आज) सुन चाँदीको मूल्यमा थोरै गिरावट आएको छ ।
आइतबार प्रतितोला १ हजार रुपैयाँले बढेको सुनको भाउ आज भने प्रतितोला १ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन आइतबार (हिजो) प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज तेजावी सुन प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुन हिजो प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी हिजो प्रतितोला १२ सय ५ रुपैयाँ कारोबार भएको थियो।
लामो समयदेखिको कोरोना भाइरस (कोभिड १९) महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ् हुने गरेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
