काठमाडौँ । विश्वप्रसिद्ध चिनियाँ अटो निर्माता कम्पनी ‘चाङ्गन’अब छिट्टै नेपाली बजारमा आउने भएको छ।
औपचारिक रुपमै नेपालका लागि अफिसियल वेबसाइट, फेसबुक पेज, इन्स्टाग्राम तथा युट्युब च्यानल सार्वजनिक गर्दै कम्पनीले निकट भविष्यमै नेपाली बजारमा आफ्नो उपस्थिति रहने जानकारी दिएको हो।
नेपालका लागि चाङ्गनको आधिकारिक वितरक एमएडव्लु वृद्धि अटोकर्पले ग्राहकहरुसँग सुमधुर सम्बन्ध स्थापना गर्न तथा सजिलो र भरपर्दो तरिकाले सम्पर्कमा रहन उक्त डिजिटल प्लेटफर्महरुको सुरुवात गरेको जानकारी दिएको छ।
‘चाङ्गन नेपाल’ले ब्रान्ड तथा उत्पादनका जानकारीहरु तथा प्रचार सामग्रीहरु उक्त डिजिटल तथा सोसल मिडिया प्लेटफर्महरुमा प्रकाशन तथा प्रसारण गर्नेछ।
कम्पनीले उपलब्ध उत्पादनहरुको छोटो र सटिक जानकारी वेबसाइट, फेसबुक र इन्स्टाग्राममा राख्नेछ र ग्राहकहरुलाई उक्त प्लेटफर्ममार्फत नै नयाँ जानकारीहरु प्राप्त गर्न उत्प्रेरित गर्नेछ । ग्राहक तथा इच्छुक व्यक्तिहरुले उक्त च्यानलमार्फत नै सम्पर्क गर्न र आफ्ना जिज्ञासाहरुको जवाफ प्राप्त गर्न सक्नेछन्।
अटोमोबाइल उत्पादक र ब्रान्डहरुको कुरा गर्दा ‘चाङ्गन’ विश्वमै सर्वाधिक विश्वासिलो र उत्कृष्ट कम्पनीहरु मध्येको एउटा नामको रुपमा चिनिन्छ। विगत १५८ वर्षमा कम्पनीले Enduring Safety (‘स्थायी सुरक्षा’) को नाराका साथ निरन्तर रुपमा आफूलाई भरपर्दो अटोमोबाइल ब्रान्डको रुपमा स्थापित गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
