सानिमा लाइफको आईपीओ बाँडफाँड, साढे १७ लाख बढीको खाली हात

काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा बिक्रीमा ल्याएको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड भएको छ। कम्पनीले साउन २० गतेदेखि २४ गतेसम्म निष्काशनमा ल्याएको शेयर शनिवार बाँडफाँड भएको हो।

कम्पनीको आईपीओ माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण भएको छ । त्यस अनुसार ५ लाख ४० हजार जनाले मात्र गोलाप्रथामार्फत १० कित्ताको दरले शेयर पाएका छन्।

Advertisement

सानिमाको आइपीओमा २४ लाख १९ हजार ८४८ जनाको आवेदन परेको थियो । त्यसमध्ये २३ लाख ८ हजार १२२ योग्य आवेदन परेको छ भने एक लाख ११ हजार ७२६ जनाको आवेदन रद्ध भएका छन्। योग्य आवेदकहरु मध्येबाट ५ लाख ४० हजार आवेदकलाई १० कित्ताको दरले शेयर वितरण गरिएको हो ।

त्यस अनुसार १७ लाख ६८ हजार १२२ जना आवेदकले कम्पनीको पाएनन्।

कम्पनीले सर्वसाधारणमा निष्काशन गरेको कुल ६० लाख कित्तामध्ये कर्मचारीलाई ३ लाख र म्युचुअल फन्डलाई ३ लाख कित्ता शेयर छुट्याएर बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरेको थियो।

More News last news
Loading...