गुराँस लाइफ इन्स्योरेन्सको बोनस र लाभांश घोषणा

काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्स (AKBSL) ले आर्थिक वर्ष २०७५-७६ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ५.५० प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनार्थ ०.२८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

Advertisement

साउन २४ गते सम्पन्न इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बीमा समिति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो लाभांश वितरण गरिनेछ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ९७ करोड ५५ लाख ८४ हजार ६०० रुपैयाँ रहेको छ। ५.५० प्रतिशतका दरले १० करोड ८६ लाख ६५ हजार ४०० रुपैयाँ बोनस शेयर वितरणपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ८ करोड ४२ लाख ५० हजार रुपैयाँ पुग्नेछ।

More News last news
Loading...