नैतिक शिक्षा लागुगर्न मागगर्दै हिन्दू युवा संघ स्याङ्जाले बुझायो शिक्षामन्त्रीलाई ज्ञापन पत्र

पोखरा । विश्व हिन्दू युवा संघ स्याङ्जाले गण्डकी प्रदेश शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको छ ।

आज मन्त्रालय पुगेर विश्व हिन्दू युवा संघ स्याङ्जाका अध्यक्ष नबराज पौडेल सहितको टोलीले विद्यालय तहमा नैतिक तथा व्यवहारिक शिक्षा लागू गराउनको लागि ज्ञापन पत्र बुझाएका हुन् ।

Advertisement

संघले यसअघि स्याङ्जाका विभिन्न स्थानिय तहहरुमा गएर ज्ञापन पत्र बुझाएपछि केही स्थानीय तहहरुले यही शैक्षिक सत्र बाट नैतिक शिक्षा लागू गर्ने प्रतिबद्धता जनाएका छन् ।

स्थानीय तहबाट राम्रो प्रतिक्रिया पाएपछि आफूहरुले प्रदेशमन्त्रीलाई समेत जानकारी दिने र आफ्नो माग पुरा हुने उद्देश्यसाथ ज्ञापनपत्र बुझाएको पौडेलले बताए ।

ज्ञापन पत्र बुझ्दै मन्त्री श्रेष्ठले आहिले नैतिक र व्यवाहारिक शिक्षा अत्यन्तै आवश्यक रहेको र यसलाई शिक्षा नीतिमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरे ।

More News last news
Loading...