नगरको स्वास्थ्य समस्याबारे चापाकोट नगरपालिका प्रमुख गिरीले गराए स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई जानकारी

काठमाडौं । स्याङ्जाको चापाकोट नगरपालिकाका नगरप्रमुख शिव कुमार गिरीले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटी आफ्नो नगरभित्रका स्वास्थ्य समस्याबारे जानकारी गराएका छन् ।

आज मन्त्रालयमा भएको भेटमा नगर प्रमुख गिरीले समग्र चापाकोटको स्वास्थ्य अवस्थाबारे जानकारी गराएका हुन्।

Advertisement

भेटमा चापाकोट न.पा. ४ दार्सिङमा रहेको मल्याङ्कोट स्वास्थ्य चौकीलाई स्तरोन्नती गर्नका लागि आग्रह गरेका थिए।

नगरप्रमुखको उक्त आग्रहमा राज्यमन्त्री श्रेष्ठले आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको चापाकोट नगरपालिकाका प्रेस संयोजक विश्व भट्टराईले बताए।

More News last news
Loading...