काठमाडौं । के तपाईं एकल अंकको स्थिर (फिक्स्ड) ब्याजदरमा घरकर्जा दिने बैंकको खोजीमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने एनएमबि बैंकले ल्याएको घरकर्जा योजना तपाईंका लागि उपयुक्त हुन सक्छ।
एनएमबि बैंकले साढे ८ प्रतिशत ब्याजदरमा ५ बर्षसम्म नबढ्ने गरेर घरकर्जा उपलब्ध गराउने भएको छ। निरन्तर ब्याजदर घटबढ भइरहने चिन्ताबाट मुक्त हुने गरी एनएमबि बैंकले फिक्स्ड ब्याजदरको घरकर्जा योजना ल्याएको हो।
बैंकले २५ बर्षसम्मको सरल तथा सहज घरकर्जा योजना अघि सारेको छ। बैंकले फलोटिङ ब्याजदरको कर्जाको हकमा प्रतिबर्ष ७.९९ प्रतिशतमै घरकर्जा दिने भएको छ । तर, यो कर्जामा बैंकको बेस रेट (आधारदर) तलमाथि हुने वित्तिकै ब्याजदर पनि तलमाथि भइरहन्छ।
बजारमा तरलता चा परेको बेलामा बैंकको बेसरेट बढ्ने गर्छ भने तरलता फालाफाल भएको बेलामा बेसरेट पनि बढ्ने गर्छ। बैंकको कस्ट अफ फन्डले पनि बेसरेट निर्धारण गरिदिन्छ ।
बैंकले बेसरेटमा ०.५ प्रतिशतदेखि ६ प्रतिशतसम्म प्रिमियम जोडेर घरकर्जा उपलब्ध गराउने गर्छन्। यस कर्जा योजनाले ग्राहकहरुले डेरा भाडा तिर्ने पैसाले आफ्नै घर खरिद गरेर बस्ने सपना पुरा गर्न सघाउने बैंकले विश्वास लिएको छ।
तपाईंले घरकर्जा अधिकतम एक करोड ५० लाख रुपैयाँसम्म लिन सक्नुहुन्छ । तर, त्यसका लागि धितो राख्ने पोपर्टी र तपाईंको आम्दानीले जस्टिफाइ भने गर्नुपर्छ। बैंकका मुलुकभर छरिएर रहेका १८१ शाखाबाट घरकर्जा लिन सकिने बताएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
