काठमाडौँ । आज एसईईको नतिजा सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आजै एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेको बोर्डका एक सदस्यले जानकारी दिए।
उनका अनुसार कक्षा १२ को साउन ३१ गतेदेखि हुने परीक्षाको विषयमा निर्णय लिन बोर्ड बैठक डाकिएको थियो। सोही बैठकले एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो। अहिले बोर्ड बैठक बसिरहेको छ।
बोर्डले विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा एसईईको नतिजा सार्वजनिक गर्न लागिएको हो। कोरोना महामारीका कारण यो वर्ष पनि एसईई परीक्षा सञ्चालन हुन सकेको थिए।
नतिजा प्रकाशनका लागि मुलुकभरका विद्यालयले विद्यार्थीको प्राप्तांक पठाएका थिए। सोही प्राप्ताङ्कको आधारमा एसईईको नतिजा प्रकाशन हुन लागेको हो ।
५ लाख १७ हजार विद्यार्थी एसईईको नतिजाको पखाईमा छन्। विद्यालयले पठाएको अंकलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गर्ने परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले जानकारी दिए।
नजिता www.see.gov.np / www.neb.gov.np मा गएर हेर्न सकिन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
