छिन्नमस्ता मन्दिरका महत्वपूर्ण सामाग्री चोरी

सप्तरी । नेपालकै प्रसिद्ध शक्तिपीठ भगवति मन्दिरमा चोरी भएको छ। सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा रहेको भगवतीको चाँदीको मुकुट (मस्तक) आइतवार साँझ चोरी भएको छ।

साँझ करिब सबा ७ बजेतिर चाँदीको मुकुट चोरी भएको मन्दिरका पिठाधिस महाकान्त ठाकुरले जानकारी दिए। साँझको बेला पुजारीहरु पोखरीतिर सरसफाईमा व्यस्त रहेको समयमा मुकुट चोरी भएको ईलाका प्रहरी कार्यालय सखडाका सई राम पुकार महतोले बताए।

Advertisement

मुकुटको खोजी तीव्र पारिएकोे जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता एवं डिएसपी माधव प्रसाद काफ्लेले बताए।

महोत्तरीमा करेन्ट लागेर एक जनाको ज्यान गयो

महोत्तरीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। जिल्लाको भंगहा नगरपालिका वडा नम्वर ७ बस्ने १७ वर्षीय राजु पासवानको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। राजुलाई काकाको घरमा विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेको थियो।

उनको बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं डीएसपी प्रकाश बिष्टले जानकारी दिए। मृतकको शवलाई पोष्टमार्टम गराई आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ। घटनाको बारेमा थप अनुसन्धान भई रहेको प्रहरीको भनाई छ।

More News last news
Loading...