पोखरा । नेपाल केन्पो खुकुरी मार्शल आर्टस संघको केन्द्रीय समिति बैठक पोखरामा सम्पन्न भएको छ। संघका अध्यक्ष पुर्ण प्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न बैठकले संघको गण्डकी प्रदेश कार्यसमिति र कास्की अध्यक्ष घोषणा गरेको छ।
बैठकले नेपाल केन्पो खुकुरी मार्शल आर्टस संघ गण्डकीको अध्यक्षमा बिष्णु पुन र कास्कीको अध्यक्षमा राजन सुवेदीलाई सर्बसम्मत रुपमा चयन गरेको छ ।
यस्तो बन्यो गण्डकी कार्य समिति
नेपाल केन्पो खुकुरी मार्शल आर्टस संघ गण्डकीको अध्यक्षमा बिष्णु पुन चयन भएका छन्। यस्तैगरी समितिको उपाध्यक्षमा मनोज खड्का, हरिराज जोशी, तारा शर्मा, शान्ता शिह बस्नेत, खेम गुरुङ, महासचिवमा सन्दिव कोईराला, सचिवमा बिष्णु पोखरेल, कोषाध्यक्षमा पुरुषोत्तम पौडेल रहेका छन्।
यस्तैगरी, समिति सदस्यहरुमा गोविन्द भुसाल, दिपेन्द्र शर्मा, बिष्णुहरि भुगाई, दिनेश केसी, बल बहादुर सुनार, दिपेन्द्र अधिकारी, ऋषि बस्नेत, महोमद जुमाल अलि रहेका छन्। कार्यक्रमलाई निबर्तमान गृहमन्त्री खगराज अधिकारीले उदघाटन गरेका थिए।
पूर्व मन्त्री अधिकारीले आफुँ सधैं खेलाडीको हितमा लाग्ने बताउँदै संघलाई जुनसुकै सहयोग गर्ने प्रतिबद्धता जनाए। कार्यक्रममा माननीय सांसद् ईन्द्रधार बिष्ट, संघका केन्द्रीय सचिव सुरेन्द्र गुरुङ लगायतले शुभकामना मन्तब्य राखेका थिए।
सन्दिप कोईरालाले सञ्चालन गरेको उक्त कार्यक्रममा राजन सुवेदीले स्वागत मन्तव्य राखेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
