१४ हजार बढी मूल्य सहित दुई नयाँ कलरमा आयो सीएफमोटो १५० एनके नेपालमा

काठमाडौँ । नेपाली बजारमा सीएफमोटो १५० एनके मोटरसाइकल दुई नयाँ कलर भेरिएन्ट सहित उपलब्ध भएको छ।नेपालका लागि सीएफमोटोको आधिकारिक वितरक अन्ना इन्टरनेसनल प्रालिले ग्रे र ब्लु गरी दुई कलर अप्सनमा यो मोटरसाइकल उपलब्ध गराएको हो।

यो मोटरसाइकलको मूल्य समेत पहिलेको तुलनामा १४ हजार रुपैयाँले वृद्धि भई ३ लाख ३५ हजार ५ सय रुपैयाँ पुगेको छ।

Advertisement

१५० एनकेमा १४९ सीसी सिगंल सिलिन्डर, लिक्विडकुल्ड इएफआई इन्जिन रहेको छ, जसले १४ बीएचपी पावर तथा १२.२ एनएम टर्क जेनेरेट गर्छ । ६ स्पिडको ट्रान्समिसन रहेको यो बाइक १० लिटरको क्षमताको फ्यूल ट्यांक रहेको छ।

सीएफमोटो १५०एनके बाइकमा अल डिजिटल डिस्प्ले, स्टाइलिस एलईडी डीआरएल, ईएफआई तथा ईसीयू सिष्टम र विभिन्न प्रकारका राइडिङ मोड उपलब्ध छ। आकर्षक सार्प लुक्स भएको यो बाइकमा एग्रेसिब हेडल्याम्प, दुई पिस सिट, लो पोजिसन राइडर सिट, स्पोर्ट्स तथा इकोनोमी राइडिङ अप्सन, ४० किलोमिटर माइलेज जस्ता बिशेषता रहेको छ।

मोटरसाइकलमा सुरक्षालाई मध्यनजर गर्दै फ्रन्टमा २९२ एमएमको ट्विन पिस्टन क्यालिपर र रियरमा २२० एमएमको सिंगल पिस्टन क्यालिपर ब्रेक दिइएको छ। १५० एनकेको फ्रन्टमा यूएसडी टेलिस्कोप फ्रर्क र रियरमा सिंगल मोनेशक रहेको छ।

युरो फाइभ मापदण्डमा आधारित इन्जिन भएको यो बाइकमा चेन स्पोकेट, मिरर र एक्जस्ट सिस्टम पहिले भन्दा रिफाइन भएर आएको छ। कम्पनीले सीएफमोटो २५० एनकेको मूल्यमा पनि १५ हजार रुपैयाँले वृद्धि गरेको छ । अब यसको मूल्य ५ लाख ६५ हजार ५ सय रुपैयाँ पुगेको छ।

More News last news
Loading...