पोखरामा ६ सहित गण्डकीमा थप ८ संक्रमितको ज्यान गयो

पोखरा । कोरोना संक्रमित भई पोखरा र बाग्लुङका विभिन्न अस्पतालमा उपचाररत सातजनाको उपचारकै क्रममा मृत्यु भएको छ ।

नवलपुरमा अस्पताल लैजाँदै गर्दा मृत्यु भएका एकजनासहित गण्डकी प्रदेशका थप आठ जना संक्रमितको मृत्यु भएको आज पुष्टि भएको छ ।

Advertisement

कोरोना संक्रमण पुष्टि भई पोखराको मेडिप्लस अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी मेडिकल कलेज, फेवासिटी अस्पताल, संक्रामक तथा सरुवा रोग अस्पताल र धौलागिरी अस्पताल बाग्लुङमा उपचाररत चार पुरुष र तीन महिलाको मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालायले जानकारी दिएको छ । त्यसैगरी नवलपुरमा अस्पताल लैजाँदै गर्दा एकजना महिलाको मृत्यु हो।

निर्देशनालायका अनुसार मृत्यु हुनेहरुमा कास्की जिल्लाका ४ जना, बाग्लुङ जिल्लाका १ जना, स्याङ्जा जिल्लाका २ जना र नवलपुर जिल्लाका १ जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज पुष्टि गरेको छ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ७४ पुगेको छ।

More News last news
Loading...